छिमेकीलाई छुरा प्रहार गर्ने युवा पक्राउ
प्रकासित मिति : २०७७ माघ २५, आईतवार १३:२१
प्रकासित समय : १३:२१
मोरङ, मोरङको बेलबारीमा छिमेकीलाई छुरा प्रहार गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय २४ वर्षीय दिनेश दाहाललाई पेटमा छुरा प्रहार गरेर फरार भएका बेलबारी नगरपालिका–२ का २२ वर्षीय अनिल उराउलाई प्रहरिले पक्राउ गरेको हो ।
आफूलाई गालीगलौज गरेको भन्दै उराउले दाहालको पेटमा छुरा प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए । छुरा प्रहारबाट गम्भीर घाइते भएका दाहालको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ ।