नेपालगन्जमा अनलाईन बिजिनेश फेस्टिबलको आयोजना हुदैं

नेपालगन्ज, नेपालगन्जमा अनलाईन बिजिनेस फेस्टिबल आयोजना हुने भएको छ । मिठो छ फुड प्रालिको आयोजनामा फेस्टिबल हुन लागेको हो ।आयोजकको तर्फबाट शनिबार नेपालगन्जमा पत्रकार सम्मेलन गर्दै आगामी माघ २९ गते देखि फाल्गुण १ गतेसम्म नेपालगन्जस्थित बाटिका होटल परिसरमा फेष्टिबल आयोजना गर्न लागेको जानकारी दिएको छ ।

फेस्टिबलको मुख्य आकर्षणमा अनलाईन बिजिनेश सम्बन्धी जानकारीहरु, बिभिन्न परिकार पाईने स्टलहरु, सांगितीक प्रस्तुतीहरु, स्टेण्डप कमेडीहरु लगायतका रहेको आयोजक संस्थाका प्रमुख सौभाग्य जंग शाहले जानकारी दिए । यस प्रकारको फेस्टिबल नेपालमै पहिलो भएको प्रमुख शाहको दाबी छ । शाहले यो फेस्टिबल नेपालगन्जमा रहेका सम्पुर्ण अनलाईन बिजिनेशहरुको प्लेटफर्म भएको समेत बताए । कोभिड-१९ महामारीका कारण संसारका हरेक क्षेत्र पछाडी परिरहेको अवस्थामा यस्ता किसिमका फेस्टिलले केही मात्रामा भएपनि सबैलाई राहत पु¥याउने आयोजकले जनाएको छ ।