स्व भागरतीको लागि न्याय माग्दै सुर्खेतका न्यायप्रेमी युवाहरु सडकमा
सुर्खेत,बैतडीकी किशोरी स्व भागरतीको लागी न्याय माग्दै सुर्खेती स्वतन्त्र न्यायप्रेमी युवाहरु सडकमा उत्रिएका छन् । शनिवार सुर्खेतको मंगलगढि चौकमा न्यायप्रेमी युवाहरु जम्मा भएर नारावाजी समेत गरेका थिए । स्व भागरती भट्टको हत्यारालाई सार्वजनिक गर,बलत्कारीलाई फाँसी दे,पिडितलाई न्याय दे,गृहमन्त्रीले राजिनामा दे,जस्ता नारा लगाएका थिए ।
सुर्खेती न्यायप्रेमी युवाहरुले आयोजना गरेको बिरोध प्रर्दशनमा कामचलाउ सरकारका गृहमन्त्री राम बहादुर थापा (बादल) लेखिएको प्ले कार्ड समेत जलाइएको थियो । बिरोध प्रर्दशनलाई संम्वोधन गर्दै मध्यपच्शिमाञ्चल विश्वविद्यालय छात्रा एकता समाजकी अध्यक्ष ममता अधिकारी यसो वताउछिन् न्याय नपाउन्जेल लडिरहने,निर्मला पन्तको जस्तो गैरजिम्बेबारी पुर्ण तरिकाले यो घटनालाई ढाकछोप नगरियोस यदि यसो गरियो भने कसैलाई पनि नछोड्ने वताइन् । आगामी दिनहरुमा अझ शसक्त रुपमा आन्दोलनमा उत्रने समेत चेतावनी दिईन् ।
बलात्कारपछि किशोरीको हत्या गरिएको आशंकामा शंकास्पद व्यक्तिहरुमाथि निगरानी बढाउँदै अनुसन्धान जारी राखिएको छ।शंकास्पद ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।बुधबारदेखि वेपत्ता दोगडाकेदार गाउँपालिका–७ की भट्ट बिहीबार स्थानीय लवलेक सामुदायिक वनमा मृत फेला परेकी थिइन्।
सनातन धर्म माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत भट्ट विद्यालयबाट फर्किने क्रममा सम्पर्कविहीन भएकी थिइन्।घटनाको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरको समेत प्रयोग गरेको छ।