नेपालमा थप ९९ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप ९९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ९९ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ ।पछिल्लो २४ घण्टामा २४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६७ हजार ८१२ जना स‌ंक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३५ छ । आज कोरोनाबाट थप कसैको मृत्यु भएको छैन।नेपालमा हाल संक्रिय संक्रमितको संख्या १ हजार ९५९ रहेको छ ।