हड्तालमा ट्याक्सी आगजनी भएकोमा व्यवसायीहरुको प्रदर्शन

काठमाडौँ,ट्याक्सी व्यवसायीहरुले आम हड्तालका क्रममा अज्ञात समूहबाट ट्याक्सीमाथि आगजनी भएकोमा प्रदर्शन गरेका छन् ।

शनिबार राजधानीका माइतीघर क्षेत्रमा ट्याक्सीसहित प्रदर्शनमा उत्रिएका चालकहरुले माघ २२ गते नेकपाको प्रचण्ड-नेपाल पक्षले गरेको बन्दमा ट्याक्सी तोडफोड भएको भन्दै त्यसको क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग राख्दै आन्दोलन गरेका हुन् ।

यस्तै, नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवसायी तथा चालक सेवा समाजको ब्यानर बोकेर प्रदर्शनमा उत्रिएका उनीहरुले गैरकानुनी रुपमा टुटल र पठाओ सञ्चालन गरेको भन्दै त्यसलाई तत्काल बन्द गराउन माग पनि गरेका छन् ।