कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु
प्रकासित मिति : २०७७ माघ २४, शनिबार १५:४५
प्रकासित समय : १५:४५
काठमाडौँ,कैलालीमा माटोको ढिस्कोमा पुरिएर तीन जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार मृत्यु हुनेमा जानकी गाउँपालिका–९ खैरीफाँटाकी १७ वर्षीय धनसरी सवाल, सोही ठाउँकी २० वर्षीय भावना वड र ३० वर्षीया गंगादेवी जैगडा रहेका छन् ।
शनिबार जानकी गाउँपालिका–९ खैरीफाँटास्थित कालिका सामुदायिक वन नजिकको जंगलमा घर पोत्ने माटो निकाल्ने क्रममा ढिस्कोले पुरिएर उनीहरुको मृत्यु भएको प्रहरीले वताएको हो ।
यस्तै, माटोको ढिस्कोमा पुरिँदा काजल विक र अञ्जु जैगढी घाइते भएका छन् । उनीहरुको टीकापुर अस्पतालमा उपचार भइरहेको छ ।