मुख्यमन्त्री शाहीले गरे गृहजिल्ला कालिकोट कारागारको निरीक्षण
प्रकासित मिति : २०७७ माघ २४, शनिबार १५:३७
प्रकासित समय : १५:३७
सुर्खेत,कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले गृहजिल्ला कालिकोट कारागारको निरीक्षण गरेका छन।शनिवार विहान कैदीवन्दीलाई फलफुल लियर कारागारको निरीक्षण गरेका हुन् ।
नेकपा कालिकोटको बैठकमा सहभागी हुन मुख्यमन्त्री शाही कालिकोट पुगेका थिए । बिहानै कालिकोट कारागारमा फलफुल लिएर त्यहाँको भौतिक संरचणा जिर्ण बन्दै गएको कालिकोट कारागारको निरीक्षण गरे र कारागारमा रहेका कैदीबन्दिको अबस्था समेत बुझेका छन् ।
भौतिक सरचणा जिर्न र त्यहाँका कैदीबन्दीको अबस्थाको निरीक्षण गर्दै मुख्यमन्त्री शाहीले अब छिट्टै कारागारको स्तरउन्नति गरिने बताए ।मुख्यमन्त्री शाही नेकपा कालिकोटको बैठक सकेर कर्णाली प्रदेशको राजधानी सुर्खेत फर्कने कार्यक्रम रहेको छ ।