पत्रकार विद्यार्थी संगठन रुपन्देहीको अध्यक्षमा सिंजालि

वुटवल,रुपन्देहीको वुटवलमा पत्रकार विद्यार्थी संगठन रुपन्देहीको प्रथम भेलाले अध्यक्षमा राजेश सिंजालिलाई निर्वाचित गरेको छ । उक्त भेलाले १३ सदस्यीय कार्यसमिति पनि चयन गरेको छ ।

यस्तै उपाध्यक्षमा नेत्र बहादुर बस्नेत,सचिवमा विनोद विष्ट,सहसचिवमा अन्जलि थापा,कोषाध्यक्षमा टेकबहादुर राना,सदस्यहरुमा उर्मिला यादव,बसन्ता भुसाल,सुदिप गौतम,बसन्त आचार्य,प्रदिप ज्ञवाली,सन्तकुमार क्षेष्ठ,विवश विष्ट र विवेक क्षेत्री निर्वाचित गरेको छ । उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि संगठनका केन्द्रीय अध्यक्ष मुक्ति गैरेले आसन्न हुने नेपाल पत्रकार महासंघको निर्वाचनमा आफ्नो भाग लिने संकेत गरे ।

उनले भने पत्रकारिताको विषय भएता पनि यसलाई खास न्याय दिने संगठन नभएको कारणले हाम्रो संगठन पत्रकार विद्यार्थी संगठन,नेपालको उत्पत्ति भएको बताए । उनले भने अब हाम्रो संगठनले पत्रकारिता पढिरहेका,पढ्न चाहाने,गर्न चाहाने,गरिरहेका पत्रकारहरुको हक र हितका लागि आफ्नो संगठन आजिवन संघर्ष गर्ने बताए ।

त्यसैले यस अधिकारको सुरक्षित गर्न आसन्न हुने निर्वाचनमा महासंघको ध्यानाकर्षण गर्दै त्यस अधिकारलाई प्राप्त गर्न पहल गर्ने बताए ।
उक्त प्रथम भेलाको अध्यक्षता भेला आयोजक समितिका उपसंयोजक राजेश सिंजालिले गरेका थिए । भने कार्यक्रम संचालन संगठनका आयोजक समिति सदस्य नेत्र प्रसाद बस्नेतले गरेका थिए ।