बृहत् नागरिक आन्दोलन समूहको नाराः ‘सर्वसत्तावाद-मूर्दावाद’
प्रकासित मिति : २०७७ माघ २४, शनिबार १४:३५
प्रकासित समय : १४:३५
काठमाडौँ,प्रतिनिधिसभा विघटन गर्ने सरकारको कमदविरुद्ध बृहत् नागरिक आन्दोलन समूहले प्रदर्शन गरेको छ ।
शनिबार दिउँसो माइतीघरमा चिकित्सा शिक्षा सुधार अभियन्ता डा गोविन्द केसीसहितको बृहत् नागरिक आन्दोलन समूहले अहिंसात्मक नागरिक प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘प्रतिनिधिसभा मार्न पाइँदैन, निरंकुश सरकार चाहिँदैन, नागरिक अघि बढ्दै छ, सर्वसत्तावाद ढल्दैछ’, ‘सर्वसत्तावाद(मूर्दावाद’, ‘संवैधानिक निकायको कब्जा बन्द गर’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।