सुर्खेतमा राजसंस्थाको पक्षमा नारावाजी

सुर्खेत,सुर्खेतको वीरेन्द्रनगरमा राजसंस्थाको पक्षमा नारावाजी भएको छ । शनिवार वीरेन्द्रनगरमा मोटरसाईकल र्याली निकाल्दै राजसंस्थाको पक्षमा नारावाजी भएको हो ।

वीरेन्द्रनगरको बजार क्षेत्रमा ‘भ्रष्ट सरकार होईन अब पालो श्री ५ सरकारको’ भन्दै राजावादीहरु सडकमा उत्रिएका थिए ।विरगोर्खाली नामक राजावादीको समुहले आयोजना गरिएको विरोध र्यालीमा राजा आउ देश बचाउ, नारायणहिटी खालीगर हाम्रो राजा आउँदैछ, भ्रष्ट्र सरकार मुद्दावाद, टोल टोलमा हल्ला छ राजा ल्याउने सल्लाह छ जस्ता नारा लगाएका थिए ।

र्यालीले सुर्खेतको वीरेन्द्रनगर बजार परिक्रमा गरेको थियो । वर्तमान सरकारका विरुद्धमा यस अघि पनि राजावादीहरुले वीरेन्द्रनगरमा राजसंस्था पुनस्थापनाको माग गर्दै विहृत प्रर्दशन गरेका थिए ।प्रतिनिधी सभा विघटन भएदेखी देशभर दिनैपिच्छे विभिन्न समुहले हटताल,आन्दोलन र्याली गरिरहेका छन ।