कोरोनाविरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदै

काठमाडौँ,कोरोना विरुद्धको पहिलो चरणको खोप अभियान आज सम्पन्न हुँदैछ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार माघ १४ गतेबाट ७७ वटै जिल्लाका २०१ खोपकेन्द्रबाट सुरु भएको ‘कोभिशिल्ड’ खोप अभियान आज सम्पन्न हुने भएको हो ।

पहिलो चरणको खोप अभियानमा अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, एम्बुलेन्स चालक, सरसफाईकर्मी र सुरक्षाकर्मीलाई प्राथकिमतामा राखिएको थियो । शुक्रबारसम्मको तथ्यांकअनुसार एक लाख ७१ हजार ४८६ जनाले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् ।

अब पहिलो चरणबाट बचेको कोरोना भाइरसविरुद्धको खोप प्राथमिकतामा परेका व्यक्तिलाई दोस्रो चरणमा लगाउने तयारी भएको बताइएको छ । भारत सरकारले अनुदानमा १० लाख मात्रा खोप उपलब्ध गराएपछि खोप अभियान सुरु भएको थियो ।