नेपालमा थप १०५ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप १०५ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०५ जनामा संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ७०७ पुगेको छ ।पछिल्लो २४ घण्टामा २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६७ हजार ५६४ जना स‌ंक्रमणमुक्त भएका छन् ।

आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३५ छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार १०८ रहेको छ ।