संवैधानिक नियुक्तिबारे सर्वोच्चले सरकारसँग माग्यो जवाफ

काठमाडौं,संवैधानिक निकायको नियुक्तिबारे सर्वोच्च अदालतले सरकारसँग लिखित जवाफ मागेको छ ।

विभिन्न संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरूलाई काम गर्न रोक लगाउन माग गर्दै दायर रिटमा विपक्षी बनाइएको सरकारसँग सर्वोच्चले लिखित जवाफ मागेको हो ।शुक्रबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा गरेको नियुक्तिका विषयमा सरकारसँग १५ दिनभित्र कारण पेश गर्न आदेश दिएको छ ।

बुधबार पद तथा गोपनीयताको सपथ लिएका ३२ प्रमुख तथा पदाधिकारीलाई कार्य गर्न रोक लगाउनु भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट सर्वोच्चमा रिट दायर गरेका थिए ।