नरभक्षी आन्दोलनका दिन गएः प्रधानमन्त्री ओली
प्रकासित मिति : २०७७ माघ २३, शुक्रबार १६:०३
प्रकासित समय : १६:०३
काठमाडौं,प्रधानमन्त्री केपी ओलीले नरभक्षी आन्दोलनका दिन गएको बताएका छन् । शुक्रबार आफ्नो पक्षले आयोजना गरेको बृहत् जनसभालाई सम्बोधन गर्दै ओलीले यस्तो कुरा बताएका हुन् ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कटाक्ष गर्दै ओलीले भने, ‘मांसाहारी आन्दोललने हुँदैन भनेर उहाँले भनेको के हो ? के चिकेन चिल्ली खान खोजेको हो ? नरभक्षी आन्दोलनका दिन गए । अब नेपालमा कसैले हिंसा मच्चाउन सक्दैन । नेपाल शान्तिपूर्ण छ । नेपाल अशान्तिको भुमरीमा जान सक्दैन ।’
बन्दको नाममा गरिब जनताको सम्पत्तिमा नोक्सान भए सरकारले हेर्ने ओलीले बताए । उनले आफ्नो सरकार गरिबलाई माया गर्ने सरकार रहेको समेत बताए । ‘गरिबको नोक्सान भएको कुरा सरकारले हेर्छ, इन्सुरेन्सलाई क्षतिपूर्ति दिन लगाउँछौँ भएन भने गरिबलाई हेर्ने सरकार छ । गरिबलाई माया गर्ने सरकार छ ।’ ओलीले भने ।