प्यूठान जीप दुर्घटना अपडेटः दुर्घटनाका मृतकको सनाखत

भालुवाङ, प्यूठानमा भएको स्कोरपियो दुर्घटनाका मृतकको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका- ७ का अन्दाजी ४२ वर्षीय टंकबहादुर बुढाको घटनास्थलमै मृत्यु भएको हो।

ब्रेक फेल भएका कारण स्कारपियो दुर्घटना भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा अन्य ३ जना गम्भीर घाइते भएका छन्। उनीहरूको प्यूठान जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहको छ । गाडीमा जम्मा एघार जना यात्रु सवार थिए। गाडी सडकबाट ५० मिटर तल खसेको छ ।

दाङको भालुवाङबाट रोल्पाको सुलिचौरका लागि छुटेको रा १ ज ८०९ नम्वरको स्कारपियो शुक्रबार बिहान प्यूठानको सरुमारानी–६ मोतिपुरमा दुर्घटनामा परेको प्रहरी नायव उपरीक्षक ९डीएसपी० सुनिल मल्लले जानकारी दिएका छन्।