रिङरोडमा सेनाको बख्तरबन्द घुमाउँदैमा कोही डराउनेवाला छैनः माधव नेपाल
प्रकासित मिति : २०७७ माघ २३, शुक्रबार ११:०६
प्रकासित समय : ११:०६
काठमाडौं, नेकपा अध्यक्ष माधवकुमार नेपालले बिहिबारको आमहड्ताल संवैधानिक निकायमा असंवैधानिक नियुक्तिको विरुद्धमा भएको बताएका छन् ।
आज ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा आयोजित पत्रकारसँग अन्तरक्रियामा नेपालले भने, हिजोको आमहड्ताल कयौँका लागि पीडादायी भयो, दैनिक ज्यालादारी, विरामी ,विद्यार्थीको लागि पीडा भयो, यो सबको कारण केपी ओली हुन् ।
अहिलेको अबस्थामा ओली चोईटिएर गएकोले उनीसँग केही अधिकार नभएको नेपालको भनाई छ ।अर्को प्रसंगमा नेपालले चक्रपथमा सेनाका बख्तरबन्द गाडीमा घुमाउँदैमा कोही नडराउने बताए । ‘केपी ओली चेतना भया, रिङरोडमा सेनाको कारगेड प्रदर्शन हुँदैमा कोही डराउनेवाला छैन।’ नेपालले भने ।