आहा ! हिउँको घुम्टोले पुरिएकी स्वर्गकी अप्सरा

सुर्खेत,कर्णाली प्रदेशको मुगु जिल्लामा रहेको रारा तालमा हिउँ परेपछि सेताम्य भएको छ ।

हिउँका कारण रारा साच्चिकैकी स्वर्गकी अप्सरा जस्तै देखिन थालेको छ । सेताम्य हिउँका कारण रारा वरीपरीको बातावरण निक्कै मनमोहक लाग्न थालेको छ । पर्यटकहरु रमाउन थालेका छन ।

तस्बिर : देबिकृष्णा रोकाया , रोकाया रारा पर्यटन बिकास समिति अध्यक्ष तथा पर्यटन अभियान्ता हुन ।

चारैतिर मनमोहक हिमाल। वरिपरि हरियाली जंगल बीचमा सुन्दर ताल रारा, महेन्द्र तालका रूपमा परिचित रारा ताल हिउँले ढपक्कै छ।

समुन्द्री सतहबाट २ हजार ९ सय ७२ मिटर उचाइमा रहेको रारामा यतिबेला हिउँ ढाकेसँगै सेताम्य देखिन्छ।

हिउँले राराको सौदर्यतामा थप चमक भरेको छ। बिहिबमरदेखि नेपाल पसेको पश्चिमी वायुको प्रभावले देशभरको जनजीवन प्रभावित भएको छ।

बिहिवार रातिदेखि परेको हिउँले रारा सेताम्य भएको छ । रारा किरानका बोटबिरुवासँगै तालको पानीसमेत सेतै देखिन थालिएको छ ।