कर्णालीका मुख्यमन्त्री बन्दको समर्थन गर्दै सडकमा

सुर्खेत , नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड—माधव पक्षले बिहीबार आह्वान गरेको आमहड्ताललाई समर्थन गर्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सडकमा निस्किएका छन् ।

नेकपाको प्रचण्ड–माधव पक्षका केन्द्रीय सदस्यसमेत रहेका मुख्यमन्त्री शाहीले प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकमा पुगेर पार्टीको आह्वानमा भएको आमहडतालप्रति ऐक्यबद्धता व्यक्त गरेका थिए ।

असंवैधानिक रुपमा गरिएको प्रतिनिधिसभा विघटन तथा संवैधानिक निकायमा गरिएको गैरकानुनी नियुक्तिका विरुद्ध आफुहरु सडकमा आउन विवश भएको मुख्यमन्त्री शाहीले बताए ।
मुख्यमन्त्री शाहीसहित प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दीसिंह बुढा लगायत पनि आमहड्तालको समर्थनमा सडकमा निस्किएका थिए ।