नेपालमा थप १४२ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ माघ २१, बुधबार १६:४२
प्रकासित समय : १६:४२
काठमाडौँ, नेपालमा थप १४२ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १४२ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ ।पछिल्लो २४ घण्टामा २०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६७ हजार ६५ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ। अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार ३१ छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार ३३५ रहेको छ ।