जनमुक्ति सेनाको विशेष पार्टी कमिटी बनाउने प्रचण्डको घोषणा
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनमुक्ति सेनाको विशेष पार्टी कमिटी बनाउने घोषणा गरेका छन्।पूर्व लडाकुको भेलालाई बुधवार काठमाडौंमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले बहिर्गमित, स्वेच्छिक अवकाश लिएका लगातका सबै पूर्व जनमुक्ति सेनाहरुलाई समेटेर विशेष पार्टी कमिटी बनाउने घोषणा गरेका हुन् ।
उनले प्रधानमन्त्री ओलीले जनमुक्ति सेनालाई, जनयुद्धलाई १०र२०र५० लाखमा खरिद गर्ने प्रयास गरिरहेको आरोपसमेत लगाए। प्रचण्डले पूर्व लडाकूहरुको उपचार, राहतका लागि आफूले पटकपटक प्रधानमन्त्री र गृहमन्त्रीको ध्यानाकर्षण गराउँदा सुनुवाइ नभएको बताए । बरु यसअघि दिइएको सेवा सुविधा समेत खोस्ने काम भएको दाबी गरेका छन् ।
तर, अहिले पार्टी फुटेपछि प्रधानमन्त्री ओलीले प्रचण्डले घाइते अपाङ्गलाई हेरेको खोइ भन्न थालेको भन्दै उनले भने घाउमा नुनचुक छर्ने काम यो भन्दा केही हुन्छ ? हिजोसम्म जनयुद्ध पूर्व लडाकूहरुलाई अपमानित गरेको भन्दै उनले भने अहिले माया गरेका हुन् रु होइनन् । खरिद विक्री गरेर सिध्याउन खोजेका हुन् ।