प्रचण्ड-नेपाल पक्षले पत्रकार सम्मेलन गर्दै

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल पक्षले आज पत्रकार सम्मेलन गर्ने भएको छ ।केन्द्रीय सदस्य विष्णु रिजालका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो २ बजे आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको हो ।

पत्रकार सम्मेलनमार्फत थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने तयारी भएको जनाइएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले गैरसंवैधानिक कदमका साथ प्रतिनिधिसभा विघटन गरेपछि सो पक्ष सडक संघर्षमा रहेको छ ।

ओलीको उक्त गैरसंवैधानिक कदमविरुद्ध प्रचण्ड(नेपाल पक्षले विभिन्न चरणमा काठमाडौं उपत्यकासहित देशभर विरोध प्रदर्शन गर्दै आएको छ ।