सशस्त्र प्रहरीद्वारा २५० किलो अबैध माछा नष्ट

कपिलवस्तु, कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं १ डुमाईबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी कृष्णानगरले अन्दाजी २५० किलाे अबैध माछा बरामद गरेर नष्ट गरेको छ ।सशस्त्र प्रहरी बल नेपाल (बिओपी) कृष्णानगरबाट सशस्त्र प्रहरी नायब निरीक्षक अरुणराज तिमिल्सिनाको कमाण्डमा खटिएको टोलिले भारतबाट अवैध तरिकाले नेपाल भित्राउदै गरेको अवस्थामा २५० किलो माछा बरामद गरेको छ।करिब ३:४५ बजेको समयमा सशस्त्र प्रहरीले अन्दाजी मूल्य ८० हजार रुपया बराबरको माछा बरामद गरेको हो । गस्ती टोलीलाई देखेपछी माछा छोडेर भागेको अवस्थामा माछा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल (बिओपी) कृष्णनगरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश आर्चायले जानकारी दिए ।

जनप्रतिनिधि, पशु क्वारेन्टाइनका प्रतिनिधि, स्थानीय र सञ्चारकर्मी लगायतको उपस्थितिमा खाल्टो खनी उक्त माछालाई प्रहरीले नष्ट गरेको छ ।