निर्वाचन आयोगलाई आधिकारिकता सहित पत्र लेख्‍ने प्रचण्ड-माधव पक्षको निर्णय

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–माधव पक्षले पार्टी आधिकारिकतासहित निर्वाचन आयोगमा जाने निर्णय गरेको छ। सोमबार बसेको केन्द्रीय कमिटीको बैठकले निर्वाचन आयोगको पत्रको जवाफसहित आधिकारिकता दाबी गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन्।

बैठकले आधिकारिकता दाबी गर्दै केपी ओलीलाई साधारण सदस्यबाट र महासचिव विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको छ, उनले भने, निर्वाचन आयोगको पत्रका जवाफसहित आधिकारिकता दाबी गर्ने पत्र लेख्ने निर्णय गरेका छौँ।संसद् विघटनविरुद्धको आन्दोलनलाई पनि सशक्त रुपमा प्रभावकारी बनाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए।

साथै म्यानमारमा भएको सैन्य कुु को विरोध गर्दै प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलगायतलाई रिहा गर्न समेत बैठकले माग गरेको छ। यस्तै बैठकमा दुई तिहाइ भन्दा धेरै केन्द्रीय समस्यको उपस्थिति रहेको प्रवक्ता श्रेष्ठले दाबी गरे। ​