प्रचण्ड–नेपाल पक्षले ओलीलाई पार्टीबाटै निष्कासित

काठमाडौं, नेकपा प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ । सोमबार बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बसेको केन्द्रिय कमिटीको चौथो पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

प्रधानमन्त्री ओलीलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने यसअघि स्थायी समितिले गरेको निर्णयलाई आजको बैठकले अनुमोदन गरेको हो । यस्तै, विष्णु पौडेललाई महासचिव पदबाट हटाइएको छ ।

बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध भएको दुई चरणको कार्यक्रम सफल भएको समीक्षा गर्दै तेस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गर्ने र निर्वाचन आयोगमा लिखित जवाफसहित पार्टीको आधिकारिकताको दावी गर्दै आयोगलाई पत्र लेख्ने पनि निर्णय गरेको