नेपालमा थप १५९ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ माघ १९, सोमबार १६:२४
प्रकासित समय : १६:२४
काठमाडौँ, नेपालमा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५९ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ ।पछिल्लो २४ घण्टामा २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६६ हजार ६०० जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट कुनै पनि व्यक्तिको मृत्यु भएको छैन । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २९ छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ ।