अत्याधिक चिसो संगै कोहलपुरका विद्यालय बन्द
प्रकासित मिति : २०७७ माघ १९, सोमबार १०:३५
प्रकासित समय : १०:३५
कोहलपुर, अत्याधिक रुपमा चिसो बढेको भन्दै बाँकेको कोहलपुर नगरपालिका भित्रका विद्यालयहरु बुधबार सम्मका लागी बन्द गरिएको छ ।
केही दिन देखिको लगातार रुपमा बढेको चिसोका कारण कोहलपुर नगरपालिकाले नगर क्षेत्रभित्रका सबै विद्यालय ३ दिनकालागि बन्द गर्ने निर्णय गरेको छ ।
कोहलपुर नगरपालिका नगर शिक्षा शाखाले सुचना जारी गर्दै आगामी माघ २१ गते बुधबार सम्मकालागि नगर क्षेत्रभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो ।
त्यस्तै चिसो बढे संगै नेपालगन्ज उपमहानगरपालिकाले समेत सुचना जारी गर्दै ३ दिन(माघ २१) सम्मका लागि नगरभित्रका सबै विद्यालय बन्द गर्न आह्वान गरीसकेको छ ।