जबरजस्ती करणी आरोपमा दुईजना पक्राउ
प्रकासित मिति : २०७७ माघ १८, आईतवार १५:००
प्रकासित समय : १५:००
कैलाली,किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
१८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा लम्की नगरपालिका-१ भुरुवा बस्ने २१ वर्षीय उमेश अधिकारी र २० वर्षीय रतन बुढाथोकीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
उमेश र रतन सहित ३ जनाले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । हाल फरार कृष्ण राउतको प्रहरीले खोजी गरिरहेको छ ।