पचालझरना गाउँपालिकाद्धारा आफ्नै भवनबाट सेवा दिन सुरु
कालिकोट,जिल्लाको पचालझरना गाउँपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरु गरेको छ । गाउँपालिकाको केन्द्र पणेक्षामा गाउँपालिकाले आफ्नै भवन निर्माण गरी अनौपचारीक रुपमा सेवा दिन सुरु गरेको हो ।
गाउँपालिकाका अध्यक्ष खड्कराज सेजुवालका अनुसार, फाल्गुण १ गते जनयुद्ध दिवशका दिनमा औपचारीक कार्यक्रमका विच नंया भवनको उद्घाटन गरी गाउँपालिकाका सवै सेवा दिने जानकारी दिएका छन । अहिले अनौपचारीक रुपमा सेवा सहजका लागी सेवा दिइरहेको भएपनी औपचारीक रुपमा सेवा दिएको छैन ।अध्यक्ष सेजुवाल भन्छन् संघियताको विधि र मर्म अनुसार , गाउँपालिकाको केन्द्र पणेक्षा चौरमा हुने निर्णय भएपछी भवन निर्माण सुरु गरिएको थियो । निर्णय अनुसार नै आफुहरुले केन्द्र बाटै सेवा दिने बताए । सम्भवत पालिकाको केन्द्रमा आफ्नै भवन बनाएर सेवा दिने स्थानिय तह जिल्लाकै पहिलोपनी हो ।
अहिले यहाँका अन्य स्थानिय सरकार साविकका गाउँविकास समीतीका भवनमा सेवा दिइरहेका छन ।गाउँपालिकाको केन्द्र पणेक्षामा बनेको नंया भवनमा १० वटा कोठा, महिला विकास, कृर्षि शाखाको लागी सेवा दिन सक्ने गरी निर्माण भएका छन । अझै सेवालाई सहज बनाउन अरु भवनहरु पनी बन्ने उनको भनाई रहेको छ । अहिले अस्थायी कामचलाउका लाग टहरा मात्र हो,। नंया पक्कि भवनका लागी गाउँपालिकाले एक करोड वजेट विनियोजित गरिसकेको छ ।
कतैबाट वजेट आयो भने, गाउँपालिकाको वजेटमा थपेर पक्कि भवन बनाउने निर्णय गरेको छ । भवनको डिपिआर समेत भईसकेको छ, अध्यक्ष सेजुवालले भने।गाउँपालिकाको केन्द्रमा सडक संञ्जाल देखी विजुली बत्ती पुगीसकेकाले सेवा प्रवाहमा सहज हुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत्र शिवज्वोती पौड्यालले बताए । उनले भने नागरीकलाई सहज रुपमा सेवा दिनका लागी भएपनी तोकिएको केन्द्रमा सेवा दिन सुरु गरेका छौँ ।