माइतीघरमा प्रचण्ड र माधव नेपालको धर्ना
प्रकासित मिति : २०७७ माघ १८, आईतवार १३:१३
प्रकासित समय : १३:१३
काठमाडौं, प्रतिनिधि सभा विघटनविरुद्ध काठमाडौंको माइतीघर मण्डलामा जारी धर्नामा आज नेकपाका शिर्षनेताहरु सहभागि भएका छन् ।आइतबारको धर्नामा नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता पम्फा भुसाललगायतका नेताहरु सहभागि भएका छन् ।
तेस्रो चरणको आन्दोलन अन्तर्गत नेकपाका सांसदहरुले प्रतिनिधिसभा पुनःस्थापनाको माग राख्दै माघ १४ गतेदेखि मण्डलामा धर्नामा बसिरहेका छन् । धर्ना कार्यक्रम माघ २१ गतेसम्म चल्ने नेकपा स्थायी कमिटी सदस्यसमेत रहेकी भुसालले जानकारी दिइन् ।
अध्यक्षद्वय प्रचण्ड–नेपाल उपत्यका बाहिरको कार्यक्रममा व्यस्त रहेको कारण यसअघि उक्त धर्नामा सहभागी भएका थिएनन्।प्रचण्ड–नेपाल पक्षले प्रधानमन्त्रीको कदमविरुद्ध माघ २८ गते काठमाडौंमा ‘अहिलेसम्मकै ठूलो’ विरोध सभा गर्ने तयारी गरेको छ।