सुशान्त सिंहका भाई र सहयोगीमाथि गोली प्रहार
प्रकासित मिति : २०७७ माघ १८, आईतवार १२:३२
प्रकासित समय : १२:३२
एजेन्सी, दिवंगत बलिउड अभिनेता सुशान्त सिंह राजपुतका भाई राजकुमार सिंह र उनका सहयोगीमाथि गोली प्रहार भएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार शनिबार बिहान ११ः३० बजे बिहारको सहरसामा उनीहरुमाथि गोली प्रहार भएको हो । गोली लागेर उनीहरु गम्भिर घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।
सरहसामा यामहा कम्पनीको मोटरसाइकल शोरुम चलाउँदै आएका राजकुमार सिंह आफ्ना सहयोगी अली हसनका साथ शोरुम जाने क्रममा उनीहरुमाथि मोटरसाइकलमा आएका तीन जना अज्ञात समूहले गोली प्रहार गरेको जनाइएको छ ।