नेपालमा थप १०९ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ माघ १७, शनिबार १६:१५
प्रकासित समय : १६:१५
काठमाडौँ, नेपालमा थप १०९ जनामा कोरोना पुष्टि भएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १०९ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६६ हजार ४८ जना संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २७ छ ।नेपालमा हाल संक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको छ ।