पत्रकार बिध्यार्थि संगठन कपिलवस्तुको प्रथम भेला सम्पन्न
कपिलवस्तु,पत्रकार बिद्यार्थि संगठन कपिलवस्तुको प्रथम भेला आज कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ बनगाइमा सम्पन भएको छ । भेलाले ९ सदस्यीय जिल्ला कार्यसमिति पनि गठन गरेको छ ।उक्त भेलाबाट अध्यक्ष पदमा राधा पाण्डे,उपाध्यक्षमा अनिता क्षेत्रि,सचिव पदमा अनिश बन्जाडे,सह-सचिब पदमा सिर्जना आचार्य ,कोषाध्यक्ष पदमा बिमला बि सि त्यस्तै पवनराज पान्डे,नवराज बेल्बासे,मनिशा पौडेल,मनिषा भुसाल सदस्य पदमा चयन गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि पत्रकार विद्यार्थी संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेले संगठनले विशेष गरी उत्पीडनमा परेका पत्रकारिता पढिरहेका,पत्रकारिता गर्दै गर्दा विभिन्न मिडियामा कार्यरत संचारकर्मि र जिज्ञासु पत्रकार बिद्यार्थिहरुको हक हितका लागि काम गरि सो कार्यमा सक्रियताका साथ लागि पर्ने धारणा राख्दै नवनिर्वाचित पदाधिकारीहरुलाइ बधाई सहित सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए ।
सिर्जना आचार्यको स्वागत मन्तव्य,संगठनका केन्द्रिय अध्यक्ष मुक्ति गैरेको प्रमुख आतिथ्यता,र राधा पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन अनिश बन्जाडेले गरेका थिए ।