धनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा
प्रकासित मिति : २०७७ माघ १७, शनिबार १५:२४
प्रकासित समय : १५:२४
काठमाडौँ,धनगढीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कोधनगढीमा प्रचण्ड-नेपाल पक्षको विरोधसभा को विरोधसभा सुरु भएको छ ।
प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले आज धनगढीको खुलामञ्चमा शक्ति प्रर्दशन गरेको हो । विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका शिर्ष नेताले सम्बोधन गर्नेछन् ।
विरोधसभालाई लक्षित गरी कैलालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सभामा ५० हजारको जनसहभागिता हुने दाबी छ।