ओलीले संविधानलाई कुल्चेर जनताको अधिकारलाई कमजोर पारेर किर्ते गरेः भीम रावल
प्रकासित मिति : २०७७ माघ १७, शनिबार १५:१९
प्रकासित समय : १५:१९
काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटीका सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफैँले बनाएको संविधानलाई कुल्चेर जनताको अधिकारलाई कमजोर पारेर किर्ते गरेको बताएका छन् ।
प्रचण्ड–नेपाल पक्षले शनिवार कैलालीको धनगढीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले आफैंले हस्ताक्षर गरेको संविधानलाई कुल्चेर ओलीले जनताको अधिकारलाई कमजोर पारी किर्ते गरेको आरोप लगाएका हुन् । उनले ओलीको कर्तुतका विरुद्धमा सिंगो सुदूरपश्चिम प्रदेश जुरुक्क उठेको पनि बताएका छन्।
यस्तै, रावलले वन तथा वातावरण मन्त्री प्रेम आलेलाई सम्झेर सुदूरपश्चिमका रुख विरुवा समेत डराएको टिप्पणी गरेका छन् । ‘ओलीले यस्तो व्यक्तिलाई मन्त्री बनाइदिनुभयो जसलाई काठ तस्कर भनेर यहाँका रुख र जनावर थरथर कामेका छन’ रावलले भने ।