आफ्नो समूहको जनसभालाई सम्बोधन गर्न ओली चितवन जाँदै

काठमाडौँ, प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् ।

नेकपा ओली समूहले चितवनमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्न अध्यक्ष ओली चितवन जाने भएका हुन् । सभामा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा पनि सहभागी हुने भएका छन् ।

चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभा दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा सुरु हुनेछ । सभामा हजारौंको सङ्ख्यामा मानिसहरूलाई उतार्ने दाबी गरिएको छ ।