धनगढीमा नेकपाको शक्ति प्रर्दशन हुदै
प्रकासित मिति : २०७७ माघ १७, शनिबार ११:१४
प्रकासित समय : ११:१४
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-नेपाल पक्षले आज धनगढीमा आफ्नो शक्ति प्रर्दशन गर्दैछ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको गैरसंवैधानिक कदमविरुद्ध सडक संघर्षमा रहेको सो पक्षले शक्ति प्रर्दशनसँगै शनिबार विरोधसभा आयोजना गरेको छ ।
विरोधसभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल लगायतका शिर्ष नेताले सम्बोधन गर्नेछन् । विरोधसभा सुरु हुनु अघि धनगढीको चौराहा र क्याम्पस रोड दुवै तर्फबाट र्याली निकालिने बताइएको छ । त्यसपछि दिउँसो १ बजे धनगढीको खुलामञ्चमा जनसभा हुनेछ । यो पक्षले शुक्रवार विराटनगरमा पनि विरोधसभा गरेको थियो ।
आज विरोधसभालाई लक्षित गरी कैलालीमा सुरक्षा व्यवस्था कडा पारिएको छ। सभामा ५० हजारको जनसहभागिता हुने दाबी छ।