नेपालमा थप १५७ जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ माघ १६, शुक्रबार १७:३५
प्रकासित समय : १७:३५
काठमाडौँ, नेपालमा थप १५७ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १५७ जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ पुगेको छ ।पछिल्लो २४ घण्टामा ३३३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६५ हजार ६९८ संक्रमणमुक्त भएका छन् ।
आज कोरोनाबाट थप ५ जनाको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार २५ छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ ।