निर्वाचन आयोगलाई चुनावको तयारी गर्न अनुरोधः ओली समूह

काठमाडौँ, केपी ओलीपक्षीय नेताहरूले आयोगमा आफूहरू चुनावका लागि तयार रहेको आयोगलाई निर्वाचनको तयारी गर्न अनुरोध गरेका छन् । ओली समूहले दल दर्ता अगाडि बढाउन पनि आयोगसँग आग्रह गरेको छ।

छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै सुवास नेम्वाङले दल दर्ताको प्रक्रिया अघि बढाउन आफूहरूले आग्रह गरेको बताए । उनले भने दल दर्ताको प्रक्रियामा जानुपर्छ । निर्वाचनबाट सबै टुंगो हुन्छ ।नेम्वाङले चुनावका लागि आफूहरू तयार रहेको भन्दै आयोगलाई पनि तयारी गर्न सुझाब दिएको बताए।

शुक्रबार निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई आयोग बोलाएको थियो । दल दर्तासम्बन्धी सूचना सार्वजनिक गर्ने सम्बन्धमा र आयोगले गरेको कामको जानकारी दिने विषयमा छलफलका लागि बोलाएको थियो। प्रचण्ड-माधवपक्ष निर्वाचन आयोग पुगेर पत्र मात्रै दर्ता गरेर फर्किएको छ ।