निर्वाचन आयोगमा प्रचण्ड–नेपाल समूहले लिखित निवेदन बुझायो

काठमाडौँ, निर्वाचन आयोगले दलसम्बन्धी विवाद छलफलका लागि बोलाएको बैठकमा पुगेर लिखित निवेदन दर्ता गरी प्रचण्ड–नेपाल समूह फर्किएको छ । आयोगले अध्यक्षसहित पाँचजना प्रतिनिधि बैठकमा आउनु भनी पठाएको पत्रअनुसार प्रचण्ड–नेपाल समूह निर्वाचन आयोग गएको थियो ।

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल दुवैजना उपत्यका बाहिर भएकाले बैठक पछाडि सार्नको लागि सूचना दिएर फर्किएको प्रचण्ड–नेपाल समूहका प्रतिनिधि लीलामणि पोखरेलले बताएका छन् ।उनले भने आयोगले बैठकका लागि बोलाएको थियो तर हाम्रा दुवै अध्यक्ष उपत्यका बाहिर हुनुहुन्छ । उहाँहरू १८ गते मात्र फर्किनुहुन्छ ।

उहाँहरू दुवैजना बैठकमा सहभागी हुन इच्छुक भएकाले उहाँहरू आएपछि मात्रै बैठक राख्न भनेर लिखित निवदेन दिएर आएका छौँ।आयोगले दल दर्तासम्बन्धी सूचना सार्वजनिक गर्ने विषयमा छलफल गर्न बोलाएको थियो । तर, पोखरेलले भने हाम्रो विवाद निरुपण भएकै छैन । दल दर्ता कसरी हुन्छ ?