२४ घण्टामा २४६ कोरोना संक्रमित डिस्चार्ज

काठमाडौ,  पछिल्लो २४ घण्टामा थप २४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६५ हजार ०६९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पताल तथा होम आइसोलेसनबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

यसअघि मंगलबार (हिजो) सम्मको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ६४ हजार ८२३ रहेको थियो ।नेपालमा पछिल्लो २४ घण्टामा थप ३ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०२० पुगेको छ ।