टेकुमा ८० वर्षीय रेडियोलोजिष्टले लगाए कोरोना खोप

काठमाडौं,  टेकु अस्पतालका रेडियोलोजिष्ट ८० वर्षीय नेत्रबहादुर अमात्यले कोरोनाविरुद्धको खोप लगाएका छन् । उनी कोरोनाविरुद्धको खोप लगाउने सम्भवतः सबैभन्दा ज्येष्ठ नागरिक हुन् ।

सरकारले आजबाट देशभर कोरोनाविरुद्धको खोप अभियान थालेको छ । पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मीलगायतलाई खोप दिइएको छ ।

भारत सरकारले अनुदानमा दिएको १० लाख डोज कोभिशिल्ड खोप लगाउन लागिएको हो । यो खोप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएको छ । आज देशभर ६० अस्पतालमा कोरोनाविरुद्धको खोप लगाइँदैछ ।