दुई मुखे सर्प सहित एक पक्राउ
प्रकासित मिति : २०७७ माघ १३, मंगलवार २३:०५
प्रकासित समय : २३:०५
नेपालगन्ज, ईलाका प्रहरी कार्यालय कोहलपुरले दुई मुख भएको सर्प सहित एक जनालाई पक्राउ गरिएको छ । मंगलबार प्रहरीले बिशेष सुचनाका अाधारमा नेपालगन्ज उपमहानगरपालिका-२० राझाबाट दुई मुखे सर्प सहित एक जनालाई पक्राउ गरएको हो ।
करिव १५ करोडमा किनबेच हुन लागेको सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले दुई मुखे सर्प सहित एक ब्यक्तिलाई नियन्त्रणमा लिईएको हो ।
प्रकाउ गरिएका व्यक्तिलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले जानकारी दिए ।

