ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निष्कासन

काठमाडौँ, नेकपा प्रचण्ड–माधव पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई साधारण सदस्यता समेत नरहने गरी पार्टीबाट निश्कासन गरेको छ ।आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकले असंवैधानिक गतिविधिलाई निरन्तरता दिएको भन्दै ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी हटाउने निर्णय गरिएको स्रोतले जनाएको छ ।

यसअघि माघ २ मा बसेको स्थायी कमिटी बैठकले ओलीलाई पार्टी सदस्यताबाट किन नहटाउने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । त्यसपछि माघ ५ मा उक्त पत्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर नेताहरुले पत्र बुझाएका थिए ।

तर, ओलीले स्पष्टीकरण नबुझाएपछि आइतबारको बैठकले पार्टी सदस्यताबाट निष्कासन गर्ने निर्णय गरेको हो ।