नेपालमा थप २७० जनामा कोरोना पुष्टि
प्रकासित मिति : २०७७ माघ ११, आईतवार १८:२१
प्रकासित समय : १८:२१
काठमाडौँ, नेपालमा थप २७० जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २७० जनामा संक्रमण देखिएको हो ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ ।पछिल्लो २४ घण्टामा ४०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ६४ हजार १३७ संक्रमणमुक्त भएका छन् ।
आजको कोरोनाबाट थप ७ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार १ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।