सुर्खेतमा साहित्यकारको हंगामा

आज शनिबारको दिन सबैको लागि शनिबार विशेष दिन । आजै मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजको विशेष दिन। संस्थाको तेस्रो बार्षिक उत्सव । जाडो दिनको शुरुवात भयो भने अक्सर म धेरै नुहाउँदैन । मुस्किलले महिनामा एकपटक त्यही पनि नुहाउँनै पर्ने बाध्यता भयो भने मात्रै, नभए त्यही पनि नुहाइन्न । यो बर्ष भने माघ लागेपछि यता आजको दिन गनेर दुइपटक नुहाएहुँला । मैलिएका कपडा सफाई र नुवाईधुवाई गरि सजिएर कार्यक्रम स्थल सम्म हस्याङ फस्याङ गरी जाँदै गर्दा बाटोमै साढे एघार भइसकेको थियो ।

लौखा मै ढिलो भएछु आज पुछार परियो यही सोचेर कार्यक्रम स्थल सम्म पुगियो तर कार्यक्रम शुरु भएको रहेनछ । दर्शकहरुको पर्खाइमा आयोजक थिए , हल भने आधाआधी भरि सकेको थियो । मप विश्वविद्यालयका पुर्व रजिस्टार महेन्द्र कुमार मल्ल सर भन्दै हुनुहुन्थ्यो कार्यक्रम क्यापस तिरै गर्न राम्रो सबैलाई पाईक पर्ने ठाउँ त्यतै हो । कोही साथिहरु मौन रुपले टाउको हल्लाउदै थिए कोही साथिहरु सरको कुरामा हो पनि होइन नाई पनि होइन ट्वाका ट्वा आफु भन्दा ठुलाको कुरा काट्नेपो कसले । यसपटक भने पहल असिमको छुचो बानि काम लाग्यो ।

पहल असिमले सरलाई केही आश्वासन गर्दै भनिहाल्यो त्यसो होइन सर लोकसेवाको परीक्षा भएर हो दर्शक साथिहरु केही बेरपछि आउछन् । पहलको छेउ मै बस्नु भएका मेरा प्रिय मित्र महेन्द्र चन्द महासागर पनि पहलको कुरामा हँ मा हँ थप्दै लोकसेवाको परिक्षाले दर्शकहरु नआएको तर केही समय पछि दर्शक आउने कुरा फ्याट्ट भनी हाल्नुभयो ।  केही अघी मौन र निरास देखिएको साहित्य समाजका अध्यक्ष भरत धमलाले केही लामो राहतको श्वास लिए जस्तै लाग्यो । उस्को चेहराबाट उदासी पना हट्यो रेखाहरुमा खुशीको रौनक्ता देखियो ।

कार्यक्रमका प्रमुख अतिथिको रुपमा बोलाइएका महेन्द्र मल्ल सर केही बिश्वस्त देखिनुभयो । घेरै समयपछि भेट भएको भाइ निराजन दोशी संग छोटो कुराकानी बाहेक खासै कुरा हुन पाएन । यसरी नै खासखुस खासखुस कुरा गर्दै समय कटाईयो ।ढाकाँटोपी दाउरा सुरुवाल , रातो गल्बन्दी , बुढेउली चश्मा लगाएको भाई भिम थापा आज निक्कै सुन्दर देखिएको थियो । हुन त उस्लाई अघि पछि देख्दा पनि म भलाद्मी देख्छु । भलाद्मी पना देखाउनु उस्को व्यक्तित्व हो सबैले भलाद्मी ब्यक्तित्व बनाउनै पर्छ । ब्यक्तित्व भित्रनै हरेक मान्छेको पहिचान लुकेको हुन्छ।अक्सर कालो जिन्स पाइन्ट कालो टिसर्टमा देखिने भरत आज कोट पाइन्ट नेपाली ढाँका टोपिमा सजिएको देखिँदा उस्मा पनि गम्भीरताको रहस्य देखिएको थियो । संस्थाको अध्यक्ष भएर पनि होला निकै चिन्तित सौम्य देखिन्थ्यो । जसरी पनि कार्यक्रम सफल पार्नु थियो उस्लाइ ।

लोकसेवाको परीक्षा भएकै कारण पुर्वनिर्धारित समय भन्दा एक घण्टा ढिलो गरि कार्यक्रम शुरु भयो । रोष्टममा उभिएर भिमले बढो उमंग उत्साह जागरका साथ मप विश्वविद्यालय साहित्य समाजका अध्यक्ष भरत धमलालाई सभाअध्यक्षको आसन ग्रहण गर्न निम्तायो त्सयसपछि प्रमुख अतिथिको रुपमा महेन्द्र कुमार मल्ल सर लाई । अतिथिको रुपमा बिष्णु खड्का ,जस्वीर रोक्का,महेन्द्र चन्द महासागर,धिरेन अनुपम,निराजन बिष्ट दोशी,पहल असिम थापा,खगेन्द्र अधिकारी अमृत,कृष्ण बिरही, हरिश जोशी आदी ।

त्यसपछि पालो आयो आजका कार्यक्रमका नायक नायिकालाई क्रमस बाचक श्रष्टाहरुको अतिथी आसन ग्रहण गराउने पालो । त्यसपछि अतिथि आसन ग्रहणको प्रक्रियाले बिट लियो । सामाजिक क्षेत्रलगायत हरेक क्षेत्रमा निकै सक्रिय रक्षा, समिक्षा र लताको यौटा पर्यायवाची नाम हो । उनिहरुलाई जिम्मा लगाएको काम ज्यान फालेर फत्ते गर्छन्। सामाजिक सेवाको बिम्ब जस्तो लाग्छ मलाई ति बैनिहरु देख्दा । रक्षा र समिक्षाले अतिथिहरुलाई एकले ब्याज बितरण र अर्कोले अविर लगाएर स्वागत गरे । प्रमुख अतिथीबाट ब्यानर तोलन गरेर कार्यक्रम उद्घाटन भयो । एकछिन तालिको आवाजले हल नै थर्कियो ।

कार्यक्रम शुरु भयो । दैलेखका गजलकार लिलाराम सिजापति रिदम को पहिलो नम्बरमा रोष्टममा उभिएर भएर गजल भन्ने पालो आयो । बाटो हिड्दा भेटिए भने निकै आदर पुर्वक दाजु नमस्कार भन्नूहुन्छ । टाढाको भाईले दाजु भन्ने शब्दले सम्बोधन गरेपछि दाजु शब्द भित्र निकै अपनत्व लुकेको हुदोरहेछ त्यसैले पनि लिलाराम प्रिय लाग्छन् । आज सुन्नु थियो लिलाराम सिजापति रिदम का गजल । शेर भित्र लुकेको रिदमलाई ।

म यस्तो देशको मान्छे हुँ जहाँ गवारहरु सरकार चलाउछन् ,
डिग्री होल्डर बेरोजगार मेरो दाजु गोठालो जान्छ ।

जब मरुभूमिमा सपनाहरु किन्न गएको जवानको प्राण जान्छ,
यता एउटा नारिको रंगिन जिन्दगीबाट सदाका लागि रातो जान्छ ।

जसरी पनि माथि पुग्ने हो हाम्रो के जान्छ भन्नू भयो ठिकै हो,
महासय हुनत हजुरहरुको समाजमा इज्जत भएपो जान्छ।

हाम्रो देशमा राजनीति गर्न पढ्नु पर्दैन , विद्वताको परिचय दिएर रानितिमा आउने मान्छेलाई समाजले पनि पत्याउँदैन। डन गिरी र काटमार नै राजनीति गर्ने हरुका लागि सजिलो ब्रहमाश्त्र हो नेपालमा । त्यही भएर लिलाराम उदेक मानेर शेरमा मार्फत आफ्नो उदेकी पोख्दै छन् । नपढेका औठाछापहरु नीतिनियम बनाउने ठाउँमा पुगे। रोजीरोटीको अभावमा पढेलेखेका हरु साउदी,कतार मलेसियामा भेडागोठालो भएको दुखेको पोख्छन् । सबैको सपना हुन्छ सुखी र सम्पन्न बन्ने समाजको अघि प्रतिष्ठित मान्छे भएर बाच्ने ।

त्यही सपना बोकेर धेरै नेपालीहरु विदेश गएका छन् सपनालाई बिपनामा बदल्न । हिजो मात्रै मलेसियाबाट १८ वटा लास नेपाल भित्रिएका छन् । कमाउन गएको छोरा लास भएर आउदा बा आमाको मन कस्तो हुन्छ होला ? नाबालक छोराछोरी श्रीमतीलाई सपनाको आश्वासन देखाएर बाकसमा फर्किएको श्रीमानलाई चीर निद्रामा देखेपछि श्रीमतीको हालत कस्तो होला ? एकपटक आफै अनुमान गर्नुस ? क्या जिवन्त सेर लेख्यो लिलारामले । उ यतिले मात्रै सन्तुष्ट हुदैन यो या त्यो जसरी पनि सत्ता भोग गर्ने अरिष्ट नेताहरुलाइ ब्यङ्गे गर्दै भन्छ । बरु तिम्रो भन्दा कुकुरकै इज्जत छ गाउघर समाजमा, तिम्रो इज्जत भएपो समाजमा इज्जत जान्छ। राजनीति देश बनाउने समाज बनाउने प्रणाली हो तर आज चुल्ठेमुन्द्रेहरुले नै राजनीतिलाई कमाइखाने ठेकेदारी भाडो बनाएकाले इमान्दार नेताहरुको पनि समाजमा मान प्रतिष्ठा इज्जत स्खलन भइ रहेको छ यो बुझ्ने कस्ले ?

त्यसै गरि पालो आयो दैलेखकी मुक्तककार मुना खत्री।

निकाल्दै नयाँ चल्ती मौन बसी दिन्छन् ।
गरेर हजारौं गल्ती मौन बसी दिन्छन् ।
जब आउँछ बजेट देश बिकासको लागि,
भरेर आफ्नो खल्ती मौन बसि दिन्छन् ।

मुनाको आक्रोस पनि त्यही थियो । राष्ट्र ,राष्ट्रियता , नदीनाला , सार्वजनिक जग्गा किनबेच गर्ने देखी बिकासको नाउमा डोजरको घण्टामा कमिसन खाएर खल्ती भर्ने नेताहरुलाई । हुन पनि हो महाकाली,गण्डकी , कोशी नदी भारतलाई गौदान गरेर सुम्पने नेताहरु नै जतिसुकै सत्ता परिवर्तन भएपनि घुमाइ फिराई रुम्जाटार भनेझै उनिहरुको नै सत्तामा पुनरावृत्ति भएको छ । सिर्फ क्रान्ति र आन्दोलनको स्वरुप फरक हुन्छ । रक्सी पुरानै बोतलको लेबल नयाँ ।

डेट एक्सपाएर भएका नेताहरुलाई हामी किन काध हालि रहेका छौं ? घोडाको ओठ झरेपछि खाउँला भन्ने स्यालको अभिलाषा झै हजारौं गल्ती गरेर भए पनि उनिहरु मौन बसि रहेका छन् । तर हामी चोर साधुलाई किन छुट्याउन सकिरहेका छैनौं उनको प्रश्न थियो समाजका हरेक मान्छेलाई । अब पालो थियो कविताको मन्चमा आउदै थिए सचिन तिमिल्सेना । सचिनलाइ यहाँ भन्दा अगाडि सार्वजनिक ठाउँमा कविता पाठ गरेको देखेको थिएन मैले । फेसबुकका भित्तामा भने रामै आर्टिकल भने लेखि रहेका हुन्थे । मैले लेखक नै ठानेको थिए आज बुझ्दै छु यी कवि पनि रहेछन् ।

उनको गिट्टी नामक कविताको भाब गहिरो थियो । गहिरो तलाउको पोखरी झै। केही महिना अघि सल्यान कुपिण्डे तालमा जलबिहार गर्ने अवसर प्राप्त भएको थियो । जलबिहार गर्दै गर्दा नाबिकलाई सोधेको थिए दाइ कुपिण्डे तालको गहिराई कति छ ? प्रति उत्तरमा उनले भनेको थिए । ठ्याक्कै गहिराई थाहा छैन । कविताको भाब गहिरो हुनुपर्छ गहिरो भाव भए भने कविताको अर्थ नै के हुन्छ र । नत्र त पार्टीको जिन्दावाद मुर्दाबाद नाराबाहेक अरु केनै हुन सक्छ ।

कविताको भित्री भावले नजर अन्दाज गर्दा अहिले चलिरहेको नेकपाको किचलोलाई पनि चिमोठेको जस्तो भान पनि हुन्थ्यो । कविता जुन पक्षमा सामेल भएर बाचन गरेपनि दुबै पक्षलाई न्याय गर्थ्यो कुपिण्डे तालको थाहा नभएको गहिराई झै । आखिर सचिनपनि कानुनकै विद्यार्थी परे वकिल हरुको भाषा नै यस्तै हुन्छ। जहाँ सुर्यको किरण पुग्दैन त्यहाँ कवि पुग्छ भने झै । जहाँ भए पनि सचिन पुगे । तर मलाई भने भाईको गिट्टी कविताले खोर्के खोला ,गिरिघाट,सोतखोला , भेरी किनारमा गिट्टी कुटेर गुजरा चलाउने हरुको दर्दलाई स्मरण गरायो । गिट्टी कुट्दै गर्दा औला थिचेर औषधिको अभावमा सड्दै गएको औलाको आकृतिलाई देखे । जुन औलाहरु अब सदा सदाको लागि गिट्टी कुटेर जीवन नचलाउने कसम खादै छन् । क्या बात वाह कविता बिम्बको परछायाँमा लट्पटिएका कवितालाई जसरि पनि बुझिन्छ , मैले यसरिनै बुझे ।

पालो दैलेख बाटै अम्विका भट्टराई अनुरागीको थियो ।
आफ्ना गजलको दैलोबाट सेर यसरी उघारिन ।

उ वाहुन हो वाहुन नै छ र वाहुन नै भइरहन्छ
जहिले भट्टीमा जनै झिकेर रक्सि पिन्छ ।

अम्बिका अनुरागी पनि के कम । गजलका सेरबाट शेरको झै आवाज बुलन्द पारिन । निकै गर्जिन दर्शकले खुब तालि ठोके सायद हल पनि डगमगायो । ऋषि मुनिका तपस्याको अगाडि भगवान पनि डगमगाए झै ।हाम्रो समाजमा बाहुनलाई अलि उपलो जात भनेर सबैले स्विकारेको छ। मर्दापर्दा, बिहेबारी, सबै चिजमा बाहुन हुनैपर्छ बाहुनको अभाबमा परापुर्बक कालबाट चलन चल्तिमा आएका कामहरु सबै रोकिन्छ । त्यसको बिकल्प मान्छेले अझै सोच्न सकेको छैनन् ।

बाहुन नै मदिरा पानमा भुल्यो भने समाजको रितितिथी त बिग्रन्छ नै भोलि सनातन हिन्दु धर्म रहलाकी नरहला। चिन्ता ब्यक्त गर्छन् । जनै फुकालेर रक्सी पिउने चलन हाम्रो समाजमा नभएको होइन तर जनै फुकालेर र मधु रसमा भुल्ने बाहुनबाट सनातन हिन्दु धर्म संकटमा पर्ने गहिरो कुरा गजलबाट सबैलाई देखाउदै बाहुन सेर सुनाएर बिदा भइन । यो पनि एक प्रकारको ब्यङ्य थियो भट्टी भुलेर ब्राह्मण कर्म काण्डप्रति अनुउत्तरदायी हुने बाहुन हरुलाई वाह बैनी वाह ।

बल्ल दैलख पछि सुर्खेतको पालो आयो मुक्तककारको रुपमा भाइ घनश्याम राना ऋतु मन्चमा हाजिर भए । यसो लाग्थ्यो कठघरामा एकएक श्रष्टाहरु आफ्नो विधा मार्फत दर्शकलाई बयान दिन उपस्थित हुदैछन् । गजल, मुक्तक ,गेडी मा घनश्याम सशक्तरुपले कलम चलाउछन् । घनश्यामको गेडी विदा निकै शसक्त छ । गेडी सुन्ने मन थियो तर घनश्यामलाई मुक्तककारको रुपमा उद्घोषक भिमले बोलाएपछि गेडी सुन्ने आस मर्यो । मरेको आसलाइ मुक्तक सुन्न जगाए ।

मान्छे थिए , गरे नक्कल बाँदरहरुले।
के के गर्लान अब छलफल बाँदरहरुले।
इज्जत छैन मान छैन मान्छे हुँदा पनि ,
बोलाईदिन सक्छन जंगल बाँदरहरुले ।

के के थियो उसको चाला सोच्दै सोचिएन।
गर्यो प्रहार मुटुमा भाला सोच्दै सोचिएन।
आफ्नै सम्झी मनमा राखे, हटाईएन कैले,
स्वार्थी रैछ दुनियाँ साला सोच्दै सोचिएन।

मान्छे भएर मान्छे को जीवन बाच्न सकिएन भने मान्छे हुनुको अर्थ छैन । बाँदरले आफ्नो घर पनि बनाउदैन अरुको पनि भत्काइ दिन्छ । मान्छे भएर जनावरको जीवन बाचेका मै हुँ भन्ने अहंकारीलाई लक्षित थियो। देश बर्वाद पार्नेहरु प्रति पनि । विश्वास गरेको मान्छे बाटै धोका कसरी मिल्ने रहेछ भन्ने बैगुनिहरु प्रति पनि मुक्तककार घनश्याम क्रोधित थिए । हेर्दा कमेडी सुनाउन आएको कमेडिय नै पनि लाग्छ महेश के ।

घाउ बल्झीएझै पुन बल्झिएर आयो गजल सुनाउने पालो दैलेखिकै । दैलेखि गजलकार महेश के भट्टराई , महेशको बाचनकला शसक्त छ ठट्यौली पाराको । गजल सुनाई सकेपछि म अझै मन्चमै छु भन्ने थेगोले सबै दर्शकहरु गललल हास्थे । महेश सेरबाट यसरी बोल्यो ।

कति बाँचोस ? पागल प्रेमी तड्पियर आत्महत्या गरेछ,
मरी-मरी बाँच्नुपर्ने सोचेर , आत्महत्या गरेछ ।

आफ्नै निजी जहाज थियो, आत्महत्या गर्नेको ।
हैट, जहाजबाट हाम्फालेर आत्महत्या गरेछ ।

बुझ्नेलाई यो कुरा गहिरो छ न बुझ्ने लाई घर छेउमा पहिरो छ । गजल को भाब गहिरो छ महेशको । झन बुझे झन कठिन ।अब पालो थियो कर्णालीपारी, शुद्ध कर्णाली कालिकोटको पालो, दिपक अभिलाषीको पाल‍‍ो। दिपक पद्य तथा गद्य कविता र गजलमा विदामा पनि कलम चलाउँछन् मुख्य तय पद्य कविता लेखनिमा विशेष अग्रसर छन् । उनका कविता निकै सुन्दर छन् , कविताका स्लोकहरुमा सिङ्गो कर्णालीको कथा बोल्छ देशभक्ती ममता बोल्छ र क्रोधमा कान्तिको मसाल पनि बोल्ने रहेछ ।

आज दिपकले त्यही कविता सुनाए देश बनाउने अगुवाहरु डन , ट्यापे ,मुन्द्रे को पछि लागेर देश बर्बादी तर्फ हिडेको आबेग कविता मार्फत सुनाए ।तत्कालिन परिबेशमा कर्णाली अन्चलको बिकट जिल्ला जुम्लाबाट छुटिसकेपछि कालिकोट नामाकरण गरिएको कान्छो जिल्ला भनेर पनि बुझ्छौ कालिकोटलाई हामिहरुले । फेरि पालो थियो कालिकोटबाटै तत्कालिन कर्णाली अन्चलबाट पहिलो गजल संग्रह निकाल्ने नारि हस्ताक्षर बैनी पुनम धमालाको । पछिल्लो समय नारिहस्ताक्षरमा जिवन्त गजल लेख्ने दुर्लभ महिलाहरुको सुचि भित्र पर्ने नाम हो पुनम धमाला।

को को आउछ हेर्नुहोला को को आउदैन ,
तपाईं लाइ दुखेको बेलामा आफ्नो आउंदैन ।

सबै कुरा फिर्ता आउने आस कहिल्यै नगर्नुस ,
हामी जस्को मलाम जान्छौं उ हाम्रो आउंदैन ।

आफ्नो पराइ चाहिने भनेकै मर्दा पर्दा हो । जिउदाको जन्ती मर्दाको मलामीमा नचाइने आफन्त आफ्नो होइन । दुखेको घाउमा मलम लगाउनु को साटो नुनचुक छर्ने आफन्तलाई कसरी आफ्नो ठान्नु । बगेको खोलो कहिले फर्केर आउँदैन , त्यसै गरि जीवनबाट जानेहरुको पर्खाईमा बस्नु बेकार हो । हामी जस्को मलाम जान्छौं उ मान्छे हाम्रो मलामी कहिले आउदैन। जिवनमा आउने हरेक वाधाहरु संगपनि संघर्ष गर्न सिक्नुपर्छ ।पुनमको सेरले यही बोलेको थियो । यो सेरले सबै दर्सकको मन लुटेको थियो । कृष्ण भने राधा (पुनम) को गजल सुनेर रातो पिरो भएको थियो पछाडी पट्टि ।

अब पालो थियो कविताको , दैलेखी भाइ विज्ञानराज कार्किको , विज्ञानराजको कविता कर्णाली उत्सव कुडा कर्णालीमा पनि सुनेको थिए गत साल बुलेबुले उधान भित्र । कविता निकै सुन्दर सुनाएका थिए । उनको कविता सुन्न दिल भट्की रहेको थियो ।विज्ञानले सत्यमा तथ्य खोज्छ । आज विज्ञानका कवितामा समाज भित्र लुकेर रहेको तथ्य भित्रको सत्य इतिहास बोल्दै थियो । मान्छे उमेरले पाको बन्दै दर्शन बिचार ,चिन्तन र बौद्धिकताले नै मान्छे पाको ठहरिन्छ। हेर्दा पातलो खिउटे शरीर भए पनि उस्का कविताले उस्लाई पाको वजनदार कविको हैसियत निर्धारण गरिरहेको थियो । कवितामा निकै दमदार वाचन शैली तिख्खर मिठ‍ो ।

विज्ञानको कविता हेल्लो मिस्टर र प्रतिक्षालयमा दुइवटा बेन्च नामका शिर्षकका कविताले पुरै माहोलै जुरक्कै उठाइ दियो यसो लाग्थ्यो हलको माथि सिलिङ्ग तिर बलिरहेका मसिना सानासाना बत्तीहरु ओर्ले र मन्चतिर आउदै छन् विज्ञानलाई स्वागत गर्न । माहोल तात्यो बाक्ला ज्याकेट र कोट लगाएकाहरु चेन र कोटका टाँक फुकाल्न बिवस भए दर्शकहरु। सम्भवतः गजलको माहोलमा कविताले उधुम तालि पाएको सुर्खेतमा पहिलो रेकर्ड नै हो क्यारे ।

अब पालो थियो सुर्खेत पश्चिमका नयाँ पिडिका शसक्त गजलकार भाइ भुवन भुपिको । धेरैपछि सुर्खेतको पालो आएको थियो । गजलकारको रुपमा भुवन भुपिको । म्याराथुन दौड या फुटबल खेलमा भाग लिने खेलाडी झै थियो उस्को हुलिया । दायाँ साइडको जिन्स पाईटको बाहुला अलि घुडा नजिक नै थियो ।

हिउद हो या बर्षादमा होस नाउमा खेल्छन् ।
सयौ कलिला जिन्दगीहरु मृत्युको दाउमा खेल्छन्।

तिमी यो दिलको बिच सम्म पुग्न सकिनौ ठिकै हो,
ससाना माछाहरु नदीको छेउछाउमा खेल्छन् ।

भुपिले जब माथिको गजल सुनायो मलाई त्यही जामु ,कुइने , घाटगाउ भेरी नदिको किनार वरपर पुराय‍‍‍ो। हिजो भेरी नदिमा पुल नहुदा मान्छेहरु कटासे चिसापानी डुङ्गा तरेरनै वारपार गर्थे नदि बर्खाको समयमा पनि कति त डुङ्गा पल्टिएर मरेपनि । नदिमा पौडि खेल्ने कला सिक्दा सिक्दै गाउँका कलिला दुधेबालकलाई पनि भेरीले बगाएको थुप्रै घटनाहरु छन् ।प्रेमीकालाई पनि घोचपेचले भुपि भन्छ । भुमरी र गहिरोमा हामफाल्न जो कोहि सक्दैन तिमिले पनि सकिनौ तिम्रो औकात त्यही थियो किनार सम्म मात्रै खेल्न सक्ने भन्दै झटारो हान्यो ।

उर्लेर बग्यो बर्षातमा माटो छेउछाउको काट्यो ।
यो नदिले पनि सुन्दरता मेरै गाउँको काट्यो ।

२०७१ को बाढीले भुपिको गाउँको स्वरुपनै बदलिएको रहेछ । केही महिना अघि धेरै बर्षको अन्तराल पछि म उस्को गाउँ पुग्ने अवसर जुरेको थियो । सिसम घारी खयर घारी ,बयर घारीलाई पनि नदिले बगाएर ढुङ्गे बगर बनाएको देख्दा म पनि एक छिन तीन छक परेको थिए ।जामुको झोलुङगे पुल कहाँ थियो ठम्याउनै सकिन बस्ती उजाड थियो धेरैले ज्यान गुमाए एक जना त भेलमा बग्दै बग्दै रुखको डालिमा बसेर बाँचेका पनि हुन रे पछि बिहानि पख उनको उद्दार मान्छेले गरे अरे त्यही कथालाई गजलमा ढालेछ भुपीले वाहा भुपी ।

आफ्नै फोक्सो फुटेझै लाग्छ फुलेको देख्दा पनि
बेलुन ब्यापारी हु श्वास बेचेर श्वास फेर्नुपर्छ ।

अक्सर सहर बजारमा भेटिन्छन् बेलुन ब्यापारीहरु व्यापार भनौ ब्यापार पनि होइन ब्यापारी भनौ ब्यापारी जस्तो पनि लाग्दैन । दिनभर फुटपातमा बेलुन बेचेर गुजारा चलाएर छाक टार्ने हरुको कथाको दर्द लुकेको छ यो सेर भित्र। भुपी आजको माहोल नै तिम्रो रहेछ प्रत्येक सेरमा वान्स मोर पाउनु सबै सायरको निधारमा लेखेको हुदैन आजका कार्यक्रमका नायक नायिका त सबै सायरहरु हुन र तर आजको कार्यक्रमको म्यान अफ्द म्यानको खिताब भुपिको पोल्टामा गएको महसुस सबैलाई भएको थियो।

मध्यपश्चिमाञ्चल विश्वविद्यालय साहित्य समाजको न्वारान भाइ भरत दाहालले नै गरेको । भरत आफैमा एक लिडर पनि हो । उस्ले लिडिङ्ग गर्न जानेको पनि छ।सायद भरत नभएको भए मप विश्वविद्यालयको साहित्य समाजको स्थापना हुदैन थियो कि रु भरतले राम्रो काम गर्यो पछिल्लो पुस्ताले उस्को सिको गर्न जरुरी छ । प्रमुख अतिथी महेन्द्र मल्ल सर लाई म पुर्व रजिस्टार भन्दैन । रविस्टार नै भन्छु भरतले किन भने सोचनिय कुरा थियो ।

महेन्द्र सर ले अभिभाबक्त्व निभाएर नै हो उस्ले त्यसो भन्नू । मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा स्थापना गर्नको लागि महेन्द्र मल्ल सरले उल्लेखनिय योगदान पुर्याउनु भएको छ । म भन्दा अघि भुपिले सुनाइ सक्यो म के सुनाउ उस्ले पछिल्लो पुस्तालाई गरेको सम्मान बेहद लाग्यो ।विशेष काम परेकाले बाहिर जानू पर्ने भएको हुदाँ बिचैमा आफ्ना रचना भनेर विशेष बाचक कविको रुपमा आमन्त्रण गरिएका बिष्णु खड्का सर वाचन गरेर बिदाबारी भई सक्नु भएको थियो।

तिमी फूल हौ या जून खास के भयो र ?
मात्र देखिने सौन्दर्यको आस के भयो र ?
लुसीको लय बन या मुमताजको नटखट,
मायावी मनहरूको खोजतलास के भयो र ?

अब पालो थियो प्रमुख अतिथी महेन्द्र कुमार मल्ल सरको। मुक्तकनै मीठो। मुक्तक बाटै दर्शकको मन लोभाउनु भय‍ो सरको मुक्तकमै मायावी जाल देखियो । सबैको मन लोभाउनु भय‍ो। त्यसपछि छोटो मन्तब्य अनि कविता बाचन । सर लाई थाह थियो काव्य गोष्ठीमा भाषणको काम हुदैन अर्थात भाषण सुन्न कोही मन पराउँदैनन् मुक्तक कविता र छोटो मन्तब्य सरको निकै सान्दर्भिक रहयो । अनि सभाध्यक्ष भरत धमलाले साहित्यिक कार्यक्रम गर्न केन्द्रीय क्याम्पसका रजिस्ट्रारसँग अनुरोध गर्दा पुर्णरुपमा असहयोग गरेपनी आंट गरेर कार्यक्रम गरेका हौँ । भरत धमालाको गला अबरुद्ध हामी भाविहल भएर दर्शकले सुनी रहे । कार्यक्रम भब्य एवम सानदार रुपले समापन भएको घोषणा सहित कार्यक्रमको समापन भयो ।