मिर्गौला पिडित अधिकारीद्वारा आर्थिक सहयोगको अपिल
सुर्खेत, मिर्गौला पिडित दाताराम अधिकारीले आफ्नो उपचारको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । वीरेन्द्रनगर ९ पिपलडाँडाका प्रेमबहादुर अधिकारी र सिता अधिकारीका १९ बर्षिय छोरा दाताराम अधिकारीले आफ्नो दुवै मिर्गौलाले काम गर्न छोडेपछि उपचारको लागि आर्थिक सहयोग अपिल गरेका हुन ।
पिडित दाताराम अधिकारीको जन्मदै पिसाब थैली नभएको र अप्रेशन पश्चात मिर्गौलाले समेत काम गर्न छोडेको दातारामका दाजु नविन अधिकारीले बताएका छन् । उनले भने “मिर्गौलाको डायलासिस ३ पटक कर्णाली प्रदेश अस्पतालमा गरायौं अहिले वीर अस्पतालमा लिएका छौ तर भाइको स्वास्थ्य स्थितका कारण हप्तामा २ देखि ३ पटक डायलासिस गर्नुपर्ने भएकोले उपचार खर्च जुटाउन गाह्रो भएको छ ।”
घरको आर्थिक स्थिति कमजोर छ त्यसैमाथि भाइको उपचार गर्न झनै कठिन भएको छ । दातारामका दाइ नविनले देश विदेशमा रहनु हुने सहयोगी मनहरुलाई भाइको जीवन बचाइदिन हुन अनुरोध गरेका छन् । सहयोगीमन हरुले दातारामका दाइ नारायण अधिकारीको नाममा सिटिजन्स बैंक सुर्खेतको खाता नं ०३३०१००००० ३५१०४१, एभरेष्ट बैक सुर्खेत खाता नं ०३१००५०१२०७३१३ र नविन अधिकारीको नाममा रहेको राष्ट्रिय बाणिज्य बैंक सुर्खेत खाता नं ४०८००५०८२७१० मा आर्थिक सहयोग गर्न सक्नु हुनेछ ।