जनगणनाका लागि ४७ हजार कर्मचारी माग

काठमाडौं, केन्द्रिय तथ्यांक विभागले जनगणना २०७८ का लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ । विभागले आइतबार सूचना जारी गर्दै ३९ हजार गणक र ८ हजार सुपरिवेक्षक करारमा दरखास्त आह्वान गरेको हो ।

इच्छुक व्यक्तिले विभागको वेबसाइटमा गएर ६० दिनभित्र अनलाइन दरखास्त फारम भर्न सक्नेछन् । स्नातक तह वा सोसरह उत्तीर्ण गरेको व्यक्तिले सुपरिवेक्षक र गणक दुवै पदका लागि दरखास्त दिन सक्ने विभागले जनाएको छ ।