कुटपिट गरी महिलाको हत्या

दाङ, दाङमा एक महिलामाथि कुटपिट गरी हत्या भएको छ।तुलसीपुर उपमहानगरपालिका-६ मोतिपुर बस्ने ४८ वर्षीया आईती बुढाथोकीको कुटपिट गरी हत्या गरेको अभियोगमा उनकै देउरानी ४४ वर्षीया भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले नियन्त्रणमा लिएको छ ।

भगवतीले माघ २ गते बिहान कुटपिट गर्दा टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको उपचारार्थ लखनउमा शुक्रबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले कुटपिट गर्ने भगवती बुढाथोकीलाई नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।