राजपत्रको आधिकारिकताबारे संवैधानिक इजलासमा प्रश्न

काठमाडौं, प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना छापिएको राजपत्रको आधिकारिकताबारे सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रश्न उठेको छ । नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षका नेताहरू कृष्णभक्त पोखरेल, शशि श्रेष्ठ, रामकुमारी झाँक्रीलगायतले राजपत्रको आधिकारिकता जाँच्न माग गर्दै सर्वोच्चमा निवेदन दिएका छन् ।

आइतबारको संवैधानिक इजलासमा निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले आधिकारिकताबारे प्रश्न उठाएका हुन् । पुस ५ गते प्रतिनिधिसभा विघटन भएको र माघ ८ गते राति छापेर माघ ९ गते शुक्रबारको इजलासमा महान्यायाधिवक्ता अग्नि खरेलले पेस गरेका थिए ।

माघ ७ गतेको इजलासमा अधिवक्ताहरू ‌ओमप्रकाश अर्याल, टीकाराम भट्टराईलगायतले प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा जारी नभएको भन्दै प्रश्न उठाएका थिए ।