बुबाको साथीबाटै ११ वर्षीया बालिका बलात्कृत
वीरगञ्ज, बुबाको साथीबाट वीरगञ्जकी एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । वीरगञ्ज महानगरपालिका–१ छपकैयाकी एक ११ वर्षीया बालिका बलात्कारको आरोपमा प्रहरीले भारतीय नागरिक नेहाल मियाँलाई पक्राउ गरेको छ ।
मियाँविरुद्ध आइतबार पर्सा जिल्ला अदालतमा जबरजस्ती करणी मुद्दामा म्याद थप गर्ने तयारी प्रहरीले गरिरहेको छ । बालिका चिच्याएपछि उनका बुबाले थाहा पाएका थिए । घटनापछि फरार मियाँलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनोजीत कुँवरले जानकारी दिएका छन् । बालिकाका बुवा र नेहाल साथी हुन् । कोठा खोज्न आएका उनी साथीको घरमा पाहुना भएर बसेका थिए ।
सोही क्रममा शनिबार बिहान बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।
शुरुमा जबरजस्ती करणी प्रयास भएको भन्ने खबर प्रहरीलाई आएको भए पनि पछि बालिकाको स्वास्थ्य जाँच गराउँदा चिकित्सकले करणी नै भएको प्रारम्भिक जानकारी दिएका छन् ।